Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फूलबारी-बङ्गलाबन्घु नाका खुला, आयात निर्यातमा सहज

२७ आइतबार , श्रावण २०८१२ महिना अगाडि

फूलबारी-बङ्गलाबन्घु नाका खुला, आयात निर्यातमा सहज

फूलबारी-बङ्गलाबन्घु नाका खुला भएसंगै आयात निर्यात सहज भएको छ । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी-बङ्गलाबन्घु नाका खुला भएसंगै बङ्गलादेशसँगको आयात निर्यातमा सहज भएको हो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका अनुसार नेपालको पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएको बताईएको छ ।

नेपालको पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात-निर्यातमा सहज हुन थालेको बताएका छन्   । 

यसअघि गत आव २०८०-८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको कार्यालयले उल्लेख गरेको छ ।