Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेंगी र हैजाका संक्रमित बढ्दो

२७ आइतबार , श्रावण २०८१२ महिना अगाडि

डेंगी र हैजाका संक्रमित बढ्दो

वर्षा लागेसंगै सुरु भएको डेंगी र हैजाका संक्रमितहरु बढ्दै गएको छ । अहिलेसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८४ पुगेको छ भने हैजाबाट ४७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसअघि साउन २१ गतेसम्म २ हजार ३ सय ६५ जनामा डेंगी पुष्टि भएकोमा उक्त संख्या साउन २५ गतेसम्म बढेर ३ हजार ८४ पुगेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिएका छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा फैलिएको डेंगी संक्रमण प्रकोप बढ्दो रुपमा देखिएको छ ।  

डेंगी संक्रमण सबैभन्दा बढी तनहुँमा ५ सय ८३ जनामा देखिएको छ भने काठमाडौँ जिल्लामा ३ सय ७ जना, कास्कीमा १ सय ६६ जना र झापा १३५ जनामा डेंगी संक्रमन भेटिएको छ । यता डेंगी संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी महाशाखाले ४७ जनामा हैजा संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी देखिएको किटजन्य रोग शाखाका प्रमुख डा.दाहालले जानकारी दिएका छन् । हैजाका बिरामीहरुमा ललितपुरमा ३४ जना, काठमाडौँमा २ जना, कैलालीमा ८ जना, प्यूठानमा २ र रूपन्देहीमा १ जना रहेका छन् ।