Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्यान्सर अस्पतालले सबै प्रदेशस्तरमै सेवा विस्तार गर्ने

२७ आइतबार , श्रावण २०८१२ महिना अगाडि

क्यान्सर अस्पतालले सबै प्रदेशस्तरमै सेवा विस्तार गर्ने

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले सरकारको कार्यक्रम अन्तर्गत सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएको हो ।

क्यान्सर अस्पतालका निर्देशक डा. शिवजी पौडेलका अनुसार  सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको हो । डा. पौडेलले प्रदेशभित्रै रहेका एक सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिएका छन् ।

जसअनुसार कोशी प्रदेशको धनकुटामा, मधेश प्रदेशको जनकपुरमा, गण्डकी प्रदेशको दमौलीमा, लुम्बिनी प्रदेशको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा अस्पतालले आफ्नो सेवा विस्तार गर्न लागेको बतईएको छ । तर, बागमती प्रदेशमा भने सिन्धुली वा सिन्धुपाल्चोक कहाँ लैजाने भन्ने टुङ्गो लागि नसकेको पनि निर्देशक डा.पौडेलको भनाई रहेको छ ।

सातै प्रदेशको विस्तारित सेवामा क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सक परिचालन गरिने छ । क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सकमार्फत त्यहाँका चिकित्सक तथा नर्सिङ स्टाफलाई तालिम दिएर क्यान्सर उपचार केन्द्र बनाइने पनि डा. पौडेलले बताएका छन् ।

कम्तीमा महिनामा एकपटक अस्पतालका चिकित्सककै टोली प्रदेश सेवा केन्द्रमा पुगेर एक हप्तासम्म बस्ने र सेवा केन्द्र अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने गरी कार्यतालिका मिलाएकाे पनि निर्देशक डा.पौडेलले बताएका छन् ।