Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अस्पतालको छतबाट हामफालेका युवकको मृत्यु

२७ आइतबार , श्रावण २०८१२ महिना अगाडि

अस्पतालको छतबाट हामफालेका युवकको मृत्यु

काठमाडौँको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका युवकको मृत्यु भएको छ । युवकले त्रिवि शिक्षण अस्पतालसँगको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौँ तलाबाट हामफालेका हुन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षका स्वरूपराज आचार्य सेन्टरको छैटौँ तलाबाट हामफाल्दा मृत्यु भएको बताईएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हामफालेपछि घाइते भएका उनको सोहि अस्पतालमा उपचार गरिए पनि शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौँ तलामा रहेको एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेका उनको मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त पनि नरहेको प्रहरीले जनाएको छ ।