Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढी पहिरोबाट बडिगाडमा ५० परिवार विस्थापित

२७ आइतबार , श्रावण २०८१२ महिना अगाडि

बाढी पहिरोबाट बडिगाडमा ५० परिवार विस्थापित

बागलुङको बडिगाड गाउँपालिकामा बाढी पहिरोबाट ५० परिवार विस्थापित भएका छन् । उक्त पालिकाको वडानम्बर ९ को नयाँबस्ती र १० को आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।
 
हालैको अविरल वर्षा र बाढी पहिरोका कारण ११ जनाको ज्यान गएको छ भने एक जना अझै हराई रहेका छन् । पहिरोबाट विस्थापित परिवारको बिचल्ली हुनुका साथै पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन नसक्दा बालबालिका र वृद्ध वृद्धालाई बढी समस्या परेको बताईएको छ ।

अहिले विद्यालय तथा सार्वजनिक स्थलमा विस्थापित परिवारलाई व्यवस्थापन गरिएको र पालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिएका छन् ।

तत्काललाई पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनको भनाई रहेको छ ।