Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काँचो स्याउ सङ्कलन गर्ने गोदाममा सिल

२५ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

काँचो स्याउ सङ्कलन गर्ने गोदाममा सिल

जुम्लामा काँचो स्याउ सङ्कलन गरेका गोदाम सिल गरिएको छ । जिल्लाको तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा सिल गरेको हो ।

तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन गरेका तिला–१ रारा सेरिबजारमा रहेका ६ वटा गोदाम सिल गरेको हो ।

यसअघि पालिकाले भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो । पालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाम सिल गरिएको हो ।

पालिका भित्रका स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ । तर,लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका उपाध्यक्ष बुढाको भनाई छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाका अनुसार तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको हो । त्यस्तै, कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।