Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्राधिकरणले लेखा समितिलाई टीओडी बिल बुझायो

२५ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

प्राधिकरणले लेखा समितिलाई टीओडी बिल बुझायो

नेपाल विद्युत् प्राधिकरणले संसदकोे सार्वजनिक लेखा समितिलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम्स अफ डे (टीओडी) बिल बुझाएको छ । प्राधिकरणले लोडसेडिङका बेला उद्योगले प्रयोग गरेको टीओडी बिल समितिलाई बुझाएको हो ।

समितिको निर्देशनअनुसार प्राधिकरणले लोडसेडिङका बेला उद्योगले प्रयोग गरेको बिल बुझाएको हो । प्राधिकरणले ३७ पोका ५० हजार पेजको विवरण पेश गरेको छ । उता लोडसेडिङका बेला जनतालाई अन्धकार बनाएर व्यवसायीले प्रयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता तिर्न आनाकानी गर्दै आएका छन् ।

यसअघि संसदको अघिल्लो कार्यकालको लेखा समिति, उच्च अदालत, सर्वोच्च अदालतले आदेश दिँदा समेत बक्यौता उठ्न नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत पुस २४ गते लाल आयोग गठन गरेको थियो ।

यता उद्योगहरुमा रहेको डेडिकेटेड तथा ट्रंक ला‍इन बक्यौता महसुल कुनै पनि हालतमा असुल गर्ने अडानमा रहेको नेपाल विद्युत प्राधिकरणले टीओडी मीटरको तथ्यांक संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको हो ।