Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हेमबहादुर मल्ल सम्मान, डा. थापालाई

२५ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

हेमबहादुर मल्ल सम्मान, डा. थापालाई

काठमाडौं । डा. भेषबहादुर थापालाई २ लाख राशीको हेमबहादुर मल्ल सम्मानबाट बिभूषित गरिएको छ । पूर्व प्रशासक एवं कुटनीतिज्ञ डा. भेषबहादुर थापा जन प्रशासन संघ  र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा सम्मानित भएका हुन् । सम्मान राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्पण गरिएको थियो । सम्मान प्रदान गर्दै राष्ट्रपतिले डा. भेषबहादुर थापा एक कर्मठ प्रशासक र कूटनीतिज्ञ रहेको भनेर प्रशंसा पनि गरेका थिए ।
त्यसैगरि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रशासनको क्षेत्रका दिग्गज व्यक्तित्वलाई प्रदान गरिदै आईएको हेमबहादुर मल्ल सम्मान प्रतिष्ठित सम्मान भएको उल्लेख गर्नुहुँदै यसले प्रशासन क्षेत्रलाई मनोबल प्रदान गर्ने जनाउनुभयो । 
जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले डा. थापाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उहाँलाई उक्त सम्मानबाट विभुषित गरिएको जानकारी दिएका थिए भने मूल्याङ्कन समितिका संयोजक शंकर कोइरालाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्ततः डा. थापालाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको बताएका थिए ।
कार्यक्रममा पानका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले डा.थापाको प्रशंसा गरेका थिए भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले डा.थापा योग्य व्यक्तित्व भएकोले निर्णय गरिएको बताएका थिए र साल्ट टे«डिङ कर्पोरेशनले आम नागरिकको उपभोग्य अधिकारलाई सुनिश्चितता प्रदान गर्न सदैव सकृय रहि आएको उल्लेख गरेका थिए ।
सम्मानित व्यक्तित्थ थापाले सम्मान पाउँदा खुशी लागेको बताए ।
स्मरणीय छ, यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा. दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ, सुन्दुक रूइत र डा. गौरी शंकरलाल दास,  सुर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हूच्छे प्रधान र  भानु आचार्य विभुषित भइसकेका छन् ।