Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज नागपञ्चमी मनाइँदै

२५ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

आज नागपञ्चमी मनाइँदै

आज धार्मिक परम्पराअनुसार हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व नागको तस्बिर घरका मूलढोकामा टाँसी पूजार्चना गरी मनाइँदैछ । घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने भएकाले नागको तस्बिर टाँसी पूजा गर्ने गरिएको हो ।  

धार्मिक परम्पराअनुसार नागको तस्बिर टाँस्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको पाईन्छ । वैदिक कालदेखि नै सुरु भएको नाग पूजाको अहिले पनि उतिकै महत्व रहेको छ ।  

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिएको हो ।

काठमाडौंको नक्साल नागपोखरीलगायत देशको धेरै स्थानमा मेला लाग्ने गर्दछ भने आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख नागको पूजा गरिने परम्परा रहेको छ ।