Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संसदीय समितिबाट टीआरसी विधेयक पारित गर्ने तयारी

२४ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

संसदीय समितिबाट टीआरसी विधेयक पारित गर्ने तयारी

आज लामो समयदेखि रोकिएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)  विधेयक संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक मार्फत विधेयक पारित गर्ने तयारी गरिएको हो ।
 
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्नका लागि बैठक बसेको छ । समिति सदस्य महेश बर्ताैलाले शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने सम्भावना रहेको बताएका छन् ।

समितिबाट प्रतिवेदनसहित पारित हुने विधेयकलाई आगामी २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी रहेको छ । यसअघि २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएर १५ महिनादेखि अलपत्र विधेयकमा प्रमुख तीन दलको कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

मुख्य विवादित विषयमा सहमति भएसँगै संसदको चालू अधिवेशनबाटै उक्त विधेयक पारित गर्ने तयारी गरिएको बताईएको छ ।