Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिविमा स्नातक अध्ययनका लागि भर्ना खुल्यो

२४ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

त्रिविमा स्नातक अध्ययनका लागि भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अध्ययन गर्नका लागि भर्ना आह्वान गरेको छ । विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा स्नातक तहमा अध्ययन गर्नका लागि भर्ना आह्वान गरेको हो ।

विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो । आउदो असोजदेखि कक्षा सञ्चालन हुने गरि भर्ना आह्वान गरेको छ ।

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका सार्वजनिक गर्दै विश्वविद्यालयले यहि साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ ।

भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने असोजदेखि कक्षा सञ्चालन हुने र २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको सुचनामा उल्लेख गरिएको छ ।