Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेंगुबाट बच्न ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

२४ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

डेंगुबाट बच्न ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

वर्षा सुरु भएसंगै डेङ्गीको सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।

उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले गत वर्ष झैँ यस वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । साथै, मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन समेत निर्देशन दिएको बताईएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने समेत जानकारी दिएका छन् । त्यसैगरी मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको प्रवक्ता बुढाथोकीले बताए । डेंगुबाट अहिलेसम्म देशभरको ७३ जिल्लाका २ हजार ३ सय ६५ जना सङ्क्रमित भएका छन् भने एक जनाको निधन भएको छ ।