Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

२४ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानले ‘ओभरसुट’ गरेको छ । बिहान ६ः१० बजे अवतरण गर्ने क्रममा स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले ‘ओभरसुट’ गरेको हो ।

टर्किस एयरलाइन्सको विमान विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको थियो । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताईएको छ ।