Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बंगलादेशको आन्दोलनप्रति अनेरास्ववियुको समर्थन

२३ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

बंगलादेशको आन्दोलनप्रति अनेरास्ववियुको समर्थन

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको समर्थन गरेको छ । अनेरास्ववियुकी अध्यक्ष आरती लामाले एक विज्ञप्ति जारी गर्दै बंगलादेशको विद्यार्थी आन्दोलनले उठाएको न्याय र समानताको माग सम्बोधन हुनुपर्ने पक्षमा आफुहरु रहेको बताएकी हुन् ।

बंगलादेशको तानाशाही सरकार सत्ताच्युत भएको घटनाप्रति खुशी प्रकट गर्दै अनेरास्ववियुले भनेको छ, ‘समानताको पक्षमा बोल्दा सरकारी दमनको शिकार बन्नु परेपनि नङगमगाएको बगंलादेशको विद्यार्थी आन्दोलनको हामी उच्च प्रशंसा गर्न चाहन्छौं ।’

विद्यार्थीको शक्तिसामु जस्तासुकै तानाशाहको पराजय निश्चित हुन्छ भन्ने यो अर्को ऐतिहासिक उदाहरण बनेको अनेरास्ववियुको निष्कर्ष रहेको छ । तर, विद्यार्थी आन्दोलनको रापबाट निरंकुश सरकार सत्ताच्युत भएपनि पुनः सेनाले सत्ता हातमा लिनुले झन् खतरनाक तानाशाहको जन्म हुनसक्ने सम्भावनाप्रति भने सचेत रहन अनेरास्ववियुले बंगलादेशी विद्यार्थी र जनसमुदायलाई अनुरोध गरेको छ ।