Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

२३ बुधबार , श्रावण २०८१२ महिना अगाडि

आजदेखि एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

आजदेखि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा बोर्डले यसवर्षको एसईईमा उत्तीर्ण हुन नसकेका परीक्षार्थी लागि ग्रेडवृद्धि परीक्षा सुरु गरेको हो ।  

परीक्षा बोर्डले आज परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुने बताएको छ । परीक्षा अहिले ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा बोर्डका अनुसार परीक्षामा ग्रेडवृद्धि तर्फ २ लाख १० हजार परीक्षार्थी सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएपछी उत्तीर्ण हुन नसकेका परीक्षार्थी लागि ग्रेडवृद्धि परीक्षा सुरु गर्न लागिएको हो ।

परिक्षा बोर्डले नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको संख्या २ लाख ४२ हजार भए पनि मुलुकभरका ५ सय ५० परिक्षा केन्द्रबाट २ लाख १० हजार मात्रै परिक्षामा सहभागी हुन लागेको बोर्डले जनाएको छ ।

यसअघि दुईविषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी गरिएकोमा यसवर्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाको व्यवस्था गरिएको थियो ।