Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

२३ बुधबार , श्रावण २०८१२ महिना अगाडि

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा सुख्खा पहिरो झर्दा सडक अवरूद्ध भएको छ । सुख्खा पहिरोका कारण काठमाडाैं जाने र काठमाडाैंबाट आउने सडक अवरूद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-४, मुग्लिङबाट कुरिनटार तर्फ नाग्दी खोला नजिको सुख्खा पहिरो झरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको बताईएको छ । प्रहरीका अनुसार पहिरोका कारणा दुईतर्फी सडक नै अवरुद्ध भएको छ ।

राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् भने अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

तर पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखराको सडक भने सामान्य रहेकाले संचालन भईरहेको बताईएको छ ।