Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

इमर्जेन्सीका बिरामीलाई तत्काल सेवा दिन निर्देशन

२३ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

इमर्जेन्सीका बिरामीलाई तत्काल सेवा दिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार सेवा दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इमर्जेन्सीमा उपचार गर्न आइपुग्ने बिरामीलाई उपचार दिएर स्थिर गराई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएमा अन्य अस्पतालमा पठाउन निर्देशन दिएको हो ।

‘आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने बिरामीहरुलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अन्य अस्पतालमा सो अस्पतालसँगको समन्वयमा प्रेषण गर्न गराउनुहुन यस मन्त्रालय सबै सरोकारवालाहरुमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । नेपालको संविधान, २०७२ का मौलिक हकमध्ये धारा ३५ (१) मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न आवश्यकताअनुसार तत्काल सेवा दिनुपर्ने व्यवस्था छ । यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, २०७६ मा नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने नीति पनि रहेको छ ।