Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनाको मूल्य मान्यता अक्षुण्ण राख्नुहोला

२३ बुधबार , श्रावण २०८१२ महिना अगाडि

सेनाको मूल्य मान्यता अक्षुण्ण राख्नुहोला

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सबै पृतनापतिहरूलाई संवोधनका माध्यमबाट नेपाली सेनाका सकल दर्जालाई भर्चुअल मिटिङ मार्फत अन्तिम निर्देशन दिनुभएको छ । उहाँले नेपाली सेनाको गौरव बढाउने काममा सहयोग गर्न निर्देश गर्नुभएको हो ।
आफ्नो कार्यकाल पूरा हुन लागेको अवसर पारेर प्रधानसेनापतिले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पु¥याउनु पर्ने सन्देशसमेत दिनु भएको छ ।
प्रधानसेनापतिले के भन्नुहुने हो भनेर पृतनापतिले त सुनेकै थिए, नेपाली सेनाका सकल दर्जाले कान ठाडो पारेर बसेका थिए । भर्चुअल संवोधनकै क्रममा प्रधानसेनापतिले नेपाली सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा सकलदर्जालाई समेत धन्यवाद दिदै आगामी भावी नेतृत्वलाई पनि सहयोग गर्न निर्देश दिनु महत्वपूर्ण मानिएको छ । भावी नेतृत्वमा नियुक्त अशोकराज सिग्देलमाथि केही समय राजनीतिकरण गरेर अनेक प्रसङ्ग उछालिएको थियो, राष्ट्रपतिबाट नियुक्त भएपछि त्यो बहस सकिएको छ । नेपाली सेनामा राजनीतिकरण गर्ने तत्व चूप भएको छ ।
यसअवसरमा प्रधानसेनापति प्रभुराम शर्माले व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ भन्दै उहाँले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदार कार्य गर्न निर्देशन दिनुभएको छ ।
निर्देशन दिने क्रममा देशमा परेको बाढीपहिरो लगायतका बिपदमा जुन हौसला र जोसका साथ सकल दर्जाले योगदान पु¥याएका छन्, ती सबैप्रति धन्यवाद पनि दिनुभएको छ । राष्ट्रमा आइपर्ने यस्ता हरेक विपदमा कार्य गरिरहन भन्नुभएको छ ।
त्यसअवसरमा बलाधिकृत रथी अशोकराज सिग्देल, युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको र पृतनापतिले विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालनका सम्बन्धमा भएका कृयाकलापबारेमा जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।