Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोको कारण हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध

२२ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

पहिरोको कारण हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध

गए रातिदेखिको वर्षाका कारण पहिरो खस्दा हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभारमा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

कीर्तिपुरको चोभारमा पहिरो खसेपछि पहिरोले सडक छेकेका कारण हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध भएको बताईएको छ । उक्त सडक खण्ड अवरुद्ध भएपछि यात्रु समस्यामा परेका छन् भने पहिरो हटाउने काम भइरहेको छ ।

त्यस्तै अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर सडक खण्ड पनि अवरुद्ध भएको छ । सडकका धेरै स्थानमा पहिरो खसेको छ भने बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएको बताइएको छ ।

गए रातिदेखिको वर्षा अहिले पनि उपत्यकासहित देशभर जारी रहेको छ । निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।