Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यकामा भारी वर्षा, ३४ जिल्लामा ‘रेड अलर्ट’

२२ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

उपत्यकामा भारी वर्षा, ३४ जिल्लामा ‘रेड अलर्ट’

साेमवार रातिदेखिकाे अविरल वर्षा अहिलेसम्म निरन्तर रहेकाले काठमाडौं उपत्यकाकाे सडकहरू जलमग्न भएका छन् । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले देशका विभिन्न भागमा ठूलो पानी परिरहेको छ ।

काठमाडौं उपत्यका लगायत देशकाे धेरै भुभागमा अविरल वर्षा भएकाे कारण उपत्यका लगायत ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । अहिले वर्षाकाे कारण काठमाडौंका मुख्य सडक खण्डहरूमा पानी जमेका छन् भने मानिसहरूलाई पनि आवतजावतमा समस्या भएको छ भने सडकमा जमेका पानीका कारण सवारीका साधनहरू आफ्नो गन्तव्य तर्फ जान समेत समस्या भइरहेकाे छ ।

त्यस्तै आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले आज राति पनि काठमाडौं उपत्यकाका केही स्थानसहित देशका सबै भुभागमा भारी वर्षाको अनुमान गरिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका उपत्यका लगायत ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएकाे हाे । जसमा उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा रहेका छन् ।

त्यसैगरि गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ ।