Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज केहि स्थानमा अति भारी वर्षाको सम्भावना

२२ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

आज केहि स्थानमा अति भारी वर्षाको सम्भावना

गए रातिदेखिकाे अविरल वर्षा अहिले पनि जारि रहेकाे र आज अति भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाखाशाले जनाएकाे छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आज केहि स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाे महाखाशाकाे भनाइ रहेकाे छ ।

महाखाशाका अनुसार दिउँसो देशभर साधरणतया बदली रहने देशकाे धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि अनुमान गरिएको छ ।

त्यसैगरि आज राति देशभर साधरणतया बदली रहने र सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ । सबै प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको महाखाशाले जनाएकाे छ ।

महाखाशाले भारी वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।