Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यार्थीलाई सतर्कता अपनाउन राजदूतावासकाे आग्रह

२२ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

विद्यार्थीलाई सतर्कता अपनाउन राजदूतावासकाे आग्रह

बंगलादेशकाे पछिल्लाे बदलिदाे घटना क्रमलाई लिएर नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेकाे छ । नेपाली राजदूतावासले एक सुचना जारी गर्दै उक्त आग्रह गरेकाे हाे ।

पछिल्लाे समय बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन आग्रह गरेकाे हाे  । दूतावासले सोमबार एक सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन समेत अनुरोध गरेको छ ।

बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बन्न थालेपछि त्यहाँकाे सरकारले कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको समेत जानकारी गराएकाे छ ।

दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्न आग्रह गरेकाे छ ।

बंगलादेशमा सुरुमा आरक्षणकाे  विरोधमा शुरू भएकाे आन्दोलन अहिले सरकार विरोधी आन्दोलनका रूपमा बदलिएको छ । 

दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ भने विद्यार्थीले गरेको आन्दोलनका कारण हसिनाले राजीनामा दिन समेत बाध्य भएकि छन् ।