Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

जाहिर शाह हुन खोजेको हो ?

शाश्वत शर्मा

२१ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

जाहिर शाह हुन खोजेको हो ?

प्रम केपी ओलीले ३ राज्यमन्त्री थपेका छन्, जसमा नाउपाका अरूणकुमार चौधरी र कांग्रेसका पूर्णबहादुर तामाङ् आपराधिक पृष्ठभूमिका थिए, त्यसैले धेरैले आपत्ति जनाएको देखियो । कांग्रेसका तामाङ कालो सूचीमा परेका हुन् भने नाउपाका चौधरी ट्याक्टर आगजनी काण्डमा परेर छुटेका व्यक्ति हुन् । यति जाबो काण्डलाई लिएर केको हल्लाखल्ला गर्नुपरेको होला । प्रम ओली नै ०२८ सालमा झापाकाण्डमा मान्छे काटेका अभियुक्त थिए भने अहिले गिरिबन्धु टी स्टेट जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड, ओम्निी, जलहरि, एनसेल काण्डमा मुछिएका नेता हुन् भने परराष्ट्र मन्त्री आरजु देउवा भुटानी शरणार्थी, टिकापुर जमिन काण्डमा दागी रहेका छन् । अर्थमन्त्री विष्णु पौडेल बालुवाटार जग्गा काण्ड, उर्जामन्त्री दीपक खड्का लैनचौर स्काउट जग्गाकाण्डमा परेका व्यक्ति हुन् भने अरू महारथीहरू पनि कुनै न कुनै काण्डका नाइके, भाइनाइके नै हुन् । यसकारण जाबो राज्यमन्त्रीको काण्ड के हो र ?
जेलमा हुनुपर्नेले देश चलाइरहेछन् । ०६३ सालदेखि यस्तै ज्यानमारा, भ्रष्टाचारी, गुण्डा चरित्रले शासन सत्ता हाँकेका छन् । हिजो प्रचण्डको सरकार यस्तै थियो, आज ओलीको उस्तै छ, भोलि देउवा नेतृत्वको सरकार पनि यस्तै हुनेछ ।
नेपालीलाई यस्तै अपराधिक व्यक्ति नभइ नहुने भइसकेको हो ? यस्तैले चुनाव जित्ने, यस्तै सत्तामा जाने, लोकतन्त्रको योग्यता नै अपराधी हुनु हो ?
जो अपराधी छ, तिनैसँग पैसा हुन्छ । नयाँ अनुहारले त बिरलै चुनाव जित्छन् । चुनावका बेलामा मासुाभत, खर्चपानी लिएर भोट दिने जनता भएपछि लोकतन्त्रमा अपराधतन्त्र फस्टाउने नै भयो । आरजुजस्ता नेतापत्नी चुनाव उठ्दैनन् वा हारे पनि पार्टीको दबाबमा समानुपातिकमा सांसद हुन्छन्, सत्तामा पुग्छन् । ०४६ सालपछि मौलाएको नीति, नैतिकपतन यस्तो कृयाकलाप अहिले गणतन्त्रमा उत्कर्षमा पुगेको छ । बुझौं, जबसम्म यो प्रणाली रहन्छ, यस्ता तामाङ्, चौधरीहरू सत्तामा पुगिरहन्छन् ।
केही दिन अघिमात्र केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति अभियान र नेपाली कांग्रेस वीपीको एकता भएछ । यो एकतामा कत्तिको दम छ ? शुक्रवार केही सय व्यक्तिले राजदरवारको दक्षिण ढोका घरेका थिए, के नतिजा निस्क्यो त ?
जबसम्म दर्जनौ दर्जन राजतन्त्र र हिन्दुवादी संघसंस्था र व्यक्तिहरू एक हुँदैनन्, बिद्रोह बोल्दैनन्, तबसम्म यी भ्रष्ट र यो भ्रष्ट तन्त्र डेग हल्लिदैन । केशर विष्ट र शुशिलमान शेरचनको मिलनले केही हुनेवाला छैन । सबै एक हुनुप¥यो, पूर्वराजाले पनि इच्छशक्ति देखाउनु प¥यो । राजधानीका जनताले अभिनन्दन गर्नेछन् र राजतन्त्र र हिन्दुराष्ट्र एकसाथ पुनस्र्थापना हुनेछ । देशको भार बोकौं, जाहिर शाह नबनौं ।