Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजधानीमा युवक माथि खुकुरी प्रहार

२१ सोमबार , श्रावण २०८१२ महिना अगाडि

राजधानीमा युवक माथि खुकुरी प्रहार

राजधानीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । खुकुरी प्रहारबाट काठमाडौं महानगरपालिका–३१, आलोकनगर बस्ने कैलालीका २२ वर्षीय मनत केसी घाइते भएका हुन् ।

उनको दाहिने हातको औला पूर्ण रुपमा काटिएको र हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पनि पक्राउ परेको छ ।

आलोकनगर बस्ने सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरा समातिएका हुन् ।

प्रहरीका अनुसार हिजो दिउँसो आलोकनगरस्थित सौराहा होटल नजिक सडकखण्डमा उनीहरुबीच विवाद भएको थियो । सोही क्रममा मनतमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरेपश्चात् फरार भएका उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी र दुई वटा मोबाइल पनि बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।