Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नक्कली नाम र लोगो प्रयोग गरी ठगी,सर्तक रहन अनुरोध

२१ सोमबार , श्रावण २०८१२ महिना अगाडि

नक्कली नाम र लोगो प्रयोग गरी ठगी,सर्तक रहन अनुरोध

नक्कली नाम र लोगो प्रयोग गरी ‘फेक अकाउण्ट’ बाट ठगि धन्दा भइरहेकाले सर्तक रहन नेपाल प्रहरीले अनुरोध गरेको छ । नक्कली आइडी प्रयोग गरी रोजगारी दिने बहानामा ठगी गर्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन प्रहरीले अनुरोध गरेको हो ।

नेपाल प्रहरीकाे प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न विदेशी आइडीबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी गरेको पाइएको बताएको छ ।

कार्यालयकाे सूचनामा उल्लेख छ, ‘पछिल्लो समयमा विभिन्न विदेशी आइडीबाट नेपालमा रहेका सरकारी तथा निजी संघसंस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको पाइएकाले यस किसिमका झुठ्ठा पोष्टहरुबाट सावधान रहनहुन नेपाल प्रहरी अनुरोध गर्दछ ।’