Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आधुनिक भनेको गतिछाडा हुनु होइन प्रवक्ता : श्रेष्ठ

२१ सोमबार , श्रावण २०८१२ महिना अगाडि

आधुनिक भनेको गतिछाडा हुनु होइन प्रवक्ता : श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले गीत संगीत क्षेत्रमा विकृति भित्रिएको बताएका छन् । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा गीत संगीतको माहौलसंगै विकृति बढेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले भ्युजको लोभ तथा भाइरल हुने होडमा गीत संगीतमा प्रशस्तै विकृति भित्रिएको बताएका छन् । ‘आजकाल भ्युजको लोभ, भाइरत हुने, अरुभन्दा फरक देखिने, बढी व्यवसाय गर्ने र जसरी पनि नाफा कमाउने होडमा हाम्रो गीत संगीतमा प्रशस्तै विकृति भित्रिएका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नबिसौं, आधुनिकताको नाममा लज्जाविहीन हुनुहँदैन । आधुनिक हुनु भनेको गतिछाडा, मतिछाडा हुने भन्ने होइन ।’

यसको निगरानी गर्न माग गर्दै प्रवक्ता श्रेष्ठले तीजलाई विकृत तुल्याउनेहरुले सांस्कृतिक घुसपैठ गरिरहेको आशंका समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यो पर्वको निरन्तरता चाहनेहरुले यसको सामाजिक सांस्कृतिक महिमा र महत्व, मर्म र भावनाको जगेर्ना गर्छन्, गरिरहेका छन् र गर्नुपर्छ । यसलाई विकृत तुल्याउनेहरुले कतै सांस्कृतिक घुसपैठ त गरिरहेका छैनन् ? लहैलहैमा नलागी गम्भीरतापूर्वक सोचौं है !’