Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपति श्रेष्ठलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

२१ सोमबार , श्रावण २०८१२ महिना अगाडि

पशुपति श्रेष्ठलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

हिजाे बिहान नारायणी नदी किनारमा हिँडिरहेका पशुपति श्रेष्ठलाई एक्कासी आक्रमण गरेर घाइते बनाउने बाघलाई नियन्त्रणमा लिइएको छ । हिजाे दिनभरीकाे प्रयास पश्चात साँझ डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको हाे ।  

चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार नारायणगढस्थित मानवबस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको हाे । बाघलाई नियन्त्रणमा लिन निकुञ्जका तीन वटा हात्तीकाे सहयाेग लिइएको थियाे ।

शुरूमा दुई वटा हात्ती प्रयाेग गरिएकाेमा तर्सिएर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको बताइएकाे छ । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा.श्रेष्ठले जानकारी दिएका छन् ।

आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको बाघलाई नारायणी नदी किनारमा ट्यांकरहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा नियन्त्रणमा लिइएको थियाे । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।