Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मधेशमा मिडिया काउन्सिल अध्यक्ष आवस्यक

२० आइतबार , श्रावण २०८१३ महिना अगाडि

मधेशमा मिडिया काउन्सिल अध्यक्ष आवस्यक

मधेश प्रदेशको मिडिया काउन्सिल अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिसँग दरखास्त मागेको हो ।

सुचनाअनुसार प्रदेश सञ्चार ऐन, २०७७ र नियमावली, २०७९ बमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई आगामी सात दिनभित्र मन्त्रालयमा आवेदन पेश गर्न भनिएको छ । ऐनमा मिडिया काउन्सिलको अध्यक्ष बन्न सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरी कम्तीमा १५ वर्ष कुनै पनि सञ्चार माध्यममा आबद्ध रहेको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै पत्रकारिता क्षेत्रमा कम्तीमा २० वर्षदेखि क्रियाशील रही विशिष्ट योगदान पुर्याएका तथा मधेश प्रदेशमा रही पत्रकारिता गरेको व्यक्तिले समेत दरखास्त दिन सक्ने बताइएकाे छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने समेत सुचनामा उल्लेख गरिएकाे छ ।