Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उच्च शिक्षा अध्ययन गर्न शैक्षिक कर्जा

२० आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

उच्च शिक्षा अध्ययन गर्न शैक्षिक कर्जा

भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । नगरक्षेत्रभित्रका स्थानीय विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न शैक्षिक कर्जा प्रदान गर्न लागेको हो ।

यसका लागि नगरपालिकाले निवेदन समेत मागेको छ । शैक्षिक ऋण लिन चाहने नगरबासी विद्यार्थीलाई यही साउन ३० गतेचित्र आवश्यक कागजात निवेदन पेश गर्न आग्रह गरिएको छ ।

निवेदनका साथ सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, निवेदक तथा अभिभावकको नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र, चारित्रिक प्रमाणपत्र प्रतिलिपि र परिवारका सदस्यमध्ये दुई जनाले सहमति जनाएको पत्र पनि पेश गर्नुपर्नेछ ।