Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिँडिरहेकाे व्यक्तिमाथि बाघकाे आक्रमण

२० आइतबार , श्रावण २०८१३ महिना अगाडि

हिँडिरहेकाे व्यक्तिमाथि बाघकाे आक्रमण

चितवनमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आज बिहान साढे ५ बजे तिरकाे समयमा नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको हाे ।

बाघले चितवन भरतपुर-१ नारायणी किनारका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भरतपुर-२ बेलटाडी बस्ने श्रेष्ठलाई बिहान हिँडिरहेको अवस्थामा बाघले एक्कासि आक्रमण गर्दा घाइते भएका थिए ।

आक्रमणबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको प्रशासन कार्यालयले जनाएकाे छ ।

अहिले आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले टोली परिचालन गरेकाे बताइएकाे छ ।