Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उपत्यकामा आज सार्वजनिक बिदा

२० आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

उपत्यकामा आज सार्वजनिक बिदा

सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको भोटोजात्राका लागि आज सार्वजनिक बिदा दिइएको हाे ।

आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सरकारले भोटो देखाउने अवसरमा उपत्यकाका तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको हाे । गृह मन्त्रालयले गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उपत्यकामा बिदा दिएको जनाएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा हरेक वर्ष सार्वजनिक बिदा दिने गरिएकाे छ भने उक्त जात्राकाे अवसरमा राष्ट्र प्रमुखको उपस्थितिमा ललितपुरको जावलाखेलमा भोटो देखाउने प्रचलन रहेकाे छ । यसवर्ष जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम रहेकाे छ ।