Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कक्षा १२ को नतिजा सार्वजनिक, झन्डै ५३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

१८ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक, झन्डै ५३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख १४ गतेदेखि संचालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

बोर्डले कक्षा-१२ को परीक्षामा १ सय २२ जनाको परीक्षा रद्द गरेको जनाएको छ । बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा उक्त संख्यको परीक्षा रद्द गरिएको उल्लेख गरेको छ । त्यस्तै १२ हजार ६ सय ७२ जना सबै विषयको परीक्षामा अनुपस्थित रहेको जनाएको छ । 

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरु सहभागी भएका थिए ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको परिक्षामा ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए ।