Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

१८ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

गत बैशाख १४ गतेबाट संचालन भएको कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बिहान १० बजे बोर्डको बैठक बोलाएर नतिजा प्रकाशनको लागि छलफल गरिएको र आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइएको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको जनाकारी दिएका छन् ।

बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएको जनाएको छ ।

यसअघि असारमा प्रकाशित एसईईको नतिजा जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने बताईएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।