Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक वर्षमा १ लाख भन्दा बढीले लिए एनओसी

१८ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

एक वर्षमा १ लाख भन्दा बढीले लिए एनओसी

एक वर्षको अवधिमा १ लाख भन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । नेपाली विद्यार्थीले वैदेशिक अध्ययनका लागि आर्थिक वर्ष २०८०/०८१ को एक वर्षमा १ लाख भन्दा बढीले एनओसी लिएका हुन् ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८०साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्ममा १ लाख १२ हजार ५ सय ९३ जनाले एनओसी लिएको बताईएको छ  । जसमा सबैभन्दा बढी जापानको लागि ३४ हजार ७ सय ३१ जनाले एनओसी लिएका छन् ।

मन्त्रालय तथ्यांक अनुसार क्यानडाको लागि १५ हजार ९ सय ८२, अष्ट्रेलियाको लागि १४ हजार ३ सय ७२ र युकेको लागि १३ हजार ३ सय ३९ जनाले एनओसी लिएका छन् । त्यस्तै अमेरिकाको लागि ११ हजार २ सय ६१, कोरियाको लागि ६ हजार ८ सय ८९, भारतका लागि २ हजार ३ सय ८९ लगायत विभिन्न देशको लागि एनओसी लिएको बताईएको छ ।