Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थाई एयरले बैंकक-भैरहवा उडान गर्ने

१८ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

थाई एयरले बैंकक-भैरहवा उडान गर्ने

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको लामो समयपछी थाई एयर एसियाले बैंकक-भैरहवा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएपछी सातामा चार दिन उडान गर्ने भएको हो ।  

भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चार दिन उडानका लागि बैंकक मुख्यालय भएको थाई एयर एसियाले उडान अनुमति पाएको थियो । यसअघि थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको बताईएको छ ।

नेपालमा आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल रहेको थाई एयर एसियाको ५८ वटा विमान रहेको छ । यसअघि पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङ हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।

अहिले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौँबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौँ आउने गरेको छ ।

यसअघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा-मलेसिया र कुवेतको जजिरा एयरलाइन्सले कुवेतबाट उडान गरेका थिए भने उक्त उडान अहिले दुवैले स्थगन गरेका छन् ।