Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वोच्चमा ट्युसन पढाउन अनुमति नदिने निर्णय पछी ताला खोलियो

१७ बिहिबार , श्रावण २०८१३ महिना अगाडि

सर्वोच्चमा ट्युसन पढाउन अनुमति नदिने निर्णय पछी ताला खोलियो

नेपाल राष्ट्रिय कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले सर्वोच्चको एनेक्स भवनको सभाहलमा लगाएको ताला खोलेको छ ।

लाखौं रुपैयाँ खर्चिएर मर्मत गरिएको उक्त हल व्यापारिक प्रयोजनका लागि अमुक संगठनलाई प्रयोग गर्न दिएको भन्दै हिजो संगठनले ताला लगाएको थियो ।

तर, अदालत प्रशासनले हलमा एक दिवसीय कार्यक्रमबाहेक अन्य लामो अवधिको कार्यक्रम सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेपछि संगठनले ताला खोलेको हो ।

संगठनका अध्यक्ष हरि भट्टराईले हलमा व्यवसायिक ट्युसन सेन्टर चलाउन नदिने अदालतको निर्णयको स्वागत गर्दै तालाबन्दी कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् ।

नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले अस्तिदेखि साढे दुई महिनाका लागि सर्वोच्चभित्रै श–शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो ।

संगठनले कक्षामा सहभागी कर्मचारीसँग भर्ना शुल्क भन्दै प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ उठाएर एनेक्स भवनको सभाहलमै ट्युसन सेन्टर चलाएपछि चर्को विरोध भएको थियो ।