Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक वर्षमा ७५६ किलोमिटर सडक कालोपत्रे

१७ बिहिबार , श्रावण २०८१३ महिना अगाडि

एक वर्षमा ७५६ किलोमिटर सडक कालोपत्रे

देशभर आर्थिक वर्ष २०८०/८१ मा ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ । एक वर्षको अवधिमा उक्त परिमाणमा सडक कालोपत्रे भएको हो ।

मुलुकभर आर्थिक वर्ष २०८०/८१ को वार्षिक लक्ष्यअनुसार उक्त परिमाणमा कालोपत्रे स्तरको नयाँ सडक विस्तार भएको सडक विभागले जनाएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो ।  

विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेकोमा ७५६ किलोमिटर सडक कालोपत्रे भएको बताईएको छ । उक्त अवधिमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य रहेकोमा ३ सय २८ किलोमिटर ग्राबेल स्तरको सडक विस्तार भएको छ ।

विभागको लक्ष्यअनुसार ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागको भनाई रहेएको छ ।