
नेपाल टेलिकमको सेवा चार घण्टा अवरुद्ध हुने भएको छ । टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने भएको हो ।
नेपाल टेलिकमले आज एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि साउन १७ गते बिहीबार राति ११ बजेदेखि ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको छ ।
टेलिकमले सुचना मार्फत अन्य कुनै सेवासम्बन्धी समस्या भएमा १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने पनि जनाएको छ ।