Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेंगुको संक्रमण तीव्र

१७ बिहिबार , श्रावण २०८१३ महिना अगाडि

डेंगुको संक्रमण तीव्र

देशभारको ७३ जिल्लामा डेंगुको संक्रमण तीव्र रुपमा पैलिएको छ । वर्षायाम शुरु भएसँगै डेंगुको संक्रमण तीव्र रुपमा पैलिएको हो ।

अहिले देशको ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको र ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेको बताईएको छ । उक्त संख्यामा नेपालभर डेंगु संक्रमित हुँदा सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छ । जसमा काठमाडौँमा सबैभन्दा धेरै २ सय ४९ जना डेंगु संक्रमित फेला परेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेको बताईएको छ । हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाको भनाई रहेको छ ।

हाल झापामा १३० जना, चितवनमा १०५ जना, तनहुँमा ८७ जना, मकवानपुरमा ७८ जना, कास्कीमा ७४ जना, भोजपुरमा ६२ जना, काभ्रेमा ६० जना, ओखलढुंगामा ५९ जना र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमणबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको छ । त्यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा,खाली ड्रम लगायत बिभिन्न सथानाहरुमा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएको बताईएको छ ।