पेट्रोलियम पदार्थको मूल्य घटाएको नेपाल आयल निगमले हवाई इन्धन र ग्यासको मूल्य यथावत राखेको छ । निगमले ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ घटाएको हो । त्यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ भने निगमले घटेको मूल्य आजदेखि लागु हुने बताएको छ ।
निगमको नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ भने झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा र सुर्खेत,दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्ने बताएको छ ।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्ने निगमको सुचनामा उल्लेख गरिएको छ ।