Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बचतकर्ताले अनलाइन मागदाबी आवेदन दिन आह्वान

१६ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

बचतकर्ताले अनलाइन मागदाबी आवेदन दिन आह्वान

समस्याग्रस्त घोषित नेपाल सहकारी वित्तीय संस्थाका बचतकर्ताले आफ्नो बचत रकम मागदाबी अनलाइनबाट गर्न पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्था समितिको कार्यालयले सहकारीका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो ।

बचतकर्ताहरुले ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यस्तै, सहकारीका सञ्चालक तथा कर्मचारीलाई संस्थासँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न पनि निर्देशन दिइएको छ ।

कुनै पनि कारोबार नगर्न सञ्चालक र कर्मचारीलाई चेतावनी दिँदै कार्यालयले भनेको छ, ‘ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नुहुन साथै साविक सञ्चालक, कर्मचारीसँग भुक्तानीसम्बन्धी कारोबार नगर्नुहुन जानकारी गराइन्छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ८ गते नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य समितिको कार्यालयबाट मात्र हुने गरेको छ ।