Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा

१६ बुधबार , श्रावण २०८१३ महिना अगाडि

विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा

काठमाडौँ महानगरपालिकाले विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा संचालन गरेको छ । महानगरले विपद्जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि हटलाइन सेवा संचालन गरेको हो ।

काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुने बताएको छ । महानगरका अनुसार स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ ।

त्यसैगरी नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछ । सम्पर्कका लागि हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको महानगरले जनाएको छ ।

यसअघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको अब २४ सै घण्टा खुला हुने भएको हो । त्यस्तै महानगरपालिकाले १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने  जनाएको छ ।