Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकारले स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्ने

१६ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

सरकारले स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्ने

सरकारले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छन् । उनले त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा बोल्दै उक्त कुरा बताएकी हुन् ।

उनले नेपाल प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताउदै रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठुलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेकाले त्यसलाई रोक्न उच्च शिक्षाको व्यवस्था गर्न ध्यान दिने बताएकी हुन् ।

युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्न आवश्यक रहेको भन्दै मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाउने बताइन् ।

उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने र विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने मन्त्री भट्टराईको भनाई रहेको थियो ।