Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिशूली नदीमा ८ वर्षमा २१ सवारीसाधन खस्दा पूर्वगृहमन्त्री सहित ५५ जना बेपत्ता

१६ बुधबार , श्रावण २०८१३ महिना अगाडि

त्रिशूली नदीमा ८ वर्षमा २१ सवारीसाधन खस्दा पूर्वगृहमन्त्री सहित ५५ जना बेपत्ता

विगत ८ वर्षको अवधिमा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्ड अन्तर्गत त्रिशूली नदीमा २१ वटा सवारीसाधन खस्दा पूर्वगृहमन्त्री सहित ५५ जना बेपत्ता भएका छन् । उक्त सडकखण्डमा सवारीसाधन खस्दा पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५ वटा, २०७४/७५ मा ४ वटा, २०७५/७६ मा ४ वटा, २०७६/७७ मा एउटा सवारीसाधन बेपत्ता भएको थियो । त्यसैगरी २०७७/७८ मा १, २०७९/८० मा १ र २०८०/८१ मा ५ वटा सवारीसाधन बेपत्ता भएको थियो ।

त्यसरी बेपत्ता भएका सवारीसाधन मध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा ४ र २०८०/८१ मा ३७ जना बेपत्ता भएका थिए । उक्त सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०८०/८१ सम्ममा ४० ट्रक, ९ बस, १२ कार, ३ मोटरसाइकल र २ वटा अन्य सवारीसाधन दुर्घटनामा परेको बताईएको छ ।