Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अविरल वर्षासंगै बिभिन्न स्थानमा बाढी पहिरो

१६ बुधबार , श्रावण २०८१३ महिना अगाडि

अविरल वर्षासंगै बिभिन्न स्थानमा बाढी पहिरो

देशका धेरै स्थानमा गएरातिदेखि अविरल वर्षा भईरहेको छ भने वर्षाका कारण बिभिन्न स्थानमा बाढी पहिरो गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भएको हो ।

अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय  बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको बताईएको छ ।

त्यसैगरी गए रातिदेखिको निरन्तरको वर्षाका कारण पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको बताईएको छ ।

यता भोजपुरमा अविरल वर्षाका कारण आएको बाढीले बगाएर २ जना बेपत्ता भएका छन । बढीले साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको हो । बढीले बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारूलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाले जानकारी दिएका छन् ।

त्यसैगरी अविरल वर्षासँगै बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आउदा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भएका छन्न भने नदी किनारका सडकहरू, होटल, विद्यालय डुबानमा परेका छन् ।

गए रातीदेखि देशभर वर्षा भएकोमा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखा जनाएको छ ।