Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मनसुनी विपद्‌मा परी डेढ महिनामा १४३ जनाको ज्यान गयो

१५ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

मनसुनी विपद्‌मा परी डेढ महिनामा १४३ जनाको ज्यान गयो

नेपालमा जेठ २८ गते प्रवेश गरेको मनसुनसंगै मनसुनी विपदमा परि १ सय ४३ जनाले ज्यान गुमाएका छन् । मनसुनी विपद्‌मा परी देशका विभिन्न स्थानमा १ सय ४३ जनाले ज्यान गुमाएका छन् भने ४७ जना बेपत्ता भएका छन् ।  

गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुनसंगै आएको बाढीपहिरो लगायताका विपद्‌मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले उल्लेख गरेको छ ।

त्यस्तै उक्त विपद जन्य घटनामा परि काठमाडौं उपत्यकामा ९, कोशी प्रदेशमा ३५, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १ सय ६१ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ७१ जनाको उद्धार गरिएको बताईएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ गरी ४७ जना हराइरहेको छन् भने हराएकाहरूको खोजीकार्य भईरहेको छ । त्यस्तै बाढीका कारण १ सय ८४ घर डुबानमा परेको छ । जसमा २४१ घर, ८८ गोठ, ४३ पुल, दुई विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

जेठ २८ गते यता विपद्‌ जन्य घटनामा परी ६ सय ८ पशु चौपाया मरेका छन् भने उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापन भएको पनि प्रहरीले जनाएको छ ।