Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सहकारीपीडितले आन्दोलन शुरू गर्ने

१५ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

सहकारीपीडितले आन्दोलन शुरू गर्ने

सरकारले बचतकर्तासँग पटक पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै काठमाडौंमा सडक आन्दोलन शुरू गर्ने भएका छन् । यहि साउन १७ गते मुखमा पट्टी बाँधेर सडक आन्दोलनको शुरूआत गर्ने भएका हुन् ।

सहकारीपीडितले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा सडक आन्दोलन शुरू गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले बताएका छन् । केसीले बचतकर्तासँग पटक पटक गरेको सहमति कार्यान्वयन नगरेपछि मुखमा पट्टी लगाई मानव साङ्लो बनाएर विरोध गरिने बताए । उनले भने “बारम्बार बोलेर बचत फिर्ताको माग गर्दा सरकारले नसुनेपछि मुखमै कालो पट्टी लगाएर विरोध गर्न लागेका हौं ।”

बचतकर्ताले विगत १५ महीनादेखि सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् । पछिल्लो पटक ६७ दिनदेखि काठमाडौंको शान्तिवाटिकामा धर्नामा बस्दै आएको भएपनि सरकारले वास्ता नगरेपछि सडकमै आउन बाध्य भएको उनीहरूको भनाइ छ ।

सहकारीपीडितले अहिले देशभरका ३ सय ५७ सहकारी संस्थामा समस्या देखिएको र १४ लाखभन्दा बढी बचतकर्ताको रकम रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष केसीको भनाई रहेको छ ।