Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिग्देल

१५ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिग्देल

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । सेनाको बलाधिकृत रथी सिग्देललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी भदौ २४ गते प्रधानसेनापति शर्माको कार्यकाल सकिने लागेकाले त्योभन्दा एक महिना अगाडि साउन २५ देखि विदा बस्ने प्रचलनअनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको बताएको छ ।

साउन २५ देखि एक महिना सिग्देलले कायममुकायमको भूमिका निभाएसँगै भदौ २५ देखि प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने बताईएको छ ।