Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बिहानैदेखि वर्षा सुरु सतर्क रहन आग्रह

१५ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

बिहानैदेखि वर्षा सुरु सतर्क रहन आग्रह

आज बिहानैदेखि देशका बिभिन्न स्थानमा वर्षा सुरु भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बागमती प्रदेश लगायत अन्य प्रदेशमा पनि बिहानैदेखि हल्का वर्षा भइरहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।  

दिउँसो देशभर साधरणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ ।

त्यसैगरी राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थान लगायत बाँकी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।