राजनीतिक नेताहरुको संवेदनहीनता अव गैंडाको छाला बनिसक्यो। सानोतिनो सन्देशले यिनमा चेतना आउदैन। जनताको सहनशीलताको लिनुसम्म लाभ लिइरहेका छन् नेताहरु। जनतालाई विपतमा पारेर र देशलाई टुहुरो बनाएर नेताको काम भनेको सत्ता र शक्तिसुखमा लिप्त बन्न पुगेको छ। यस्तो बेलामा 'देशप्रतिको जिम्मेवारी र जनताको भार' उठाउने हो भने सन्देशयुद्ध होइन, शक्ति प्रदर्शनको युद्ध लड्नुपर्छ। असन्तुष्टि देखाएर केही हुन्न, असन्तुष्टि संवोधन गर्न सडकमा उत्रिनुपर्छ। बैंकक, दिल्ली, काठमाडौंले पुगेन, नेपालका सहर, गाउ, हाठबजार निस्कनुपर्छ। हो, देश गतिहीन,संवेदनहीन र बिग्रहको अवस्था छ, यो चेतमा रेत लाउने साइत कहिले जुर्छ? मर्माहत भएर सहिरहने कि मर्माहत घाउमा मलम लगाउन अग्रसर पनि हुने?
वर्तमान कालखण्डले पूर्वराजाको सन्देश युद्धलाई सडकयुद्धमा उत्रिन आह्वान गरिरहेको छ। समयले कहिल्यै सूर्य अस्त नहुने बेलायतलाई कुरेन, कहिल्यै नझुक्ने बेलायतकी महारानी डायनाको शवलाई कुर्नुपर्यो, शवका सामु झुक्नुपर्यो। पूर्वराजा, अति भो, अव त 'भार' उठाउने हो कि? पूर्वराजाले फागुन ७ गते बैंककबाट जारी गरेको सन्देशको पूर्णपाठ–
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
प्रजातन्त्र दिवसको यो सुखद अवसरमा हाम्रा जिज्यु बुवाराष्ट्रपिता श्री ५ त्रिभूवनको स्मरण गर्दै ज्ञात अज्ञात शहिद र प्रजातन्त्र प्राप्तिका निम्ति कृयाशिल सवै एतिहासिक व्यति्कत्वप्रति म हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु। नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधुनिकिकरण एवं मुलुकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहाा भएको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सवैको संयुक्त प्रयत्न रहेको हो। राष्ट्र, राष्ट्रियता र राष्टि््य गतिशीलताका लागि मैले आफू पन्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुा, तर राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षावाट म पृथक छैन। दुर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाा विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक शिद्ध हुन नसक्नु सबैका लागि दुःखद कुरा हो। अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ। भविष्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनुभूति मैले गरेको छु।
हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरुप, धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्दत हुन म सवैसाग हार्दिक आव्हान गर्दछु।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
जय नेपाल